काठमाडौँमा शुरू भयो इन्द्रजात्रा [तस्वीरहरू]

जात्राको समयमा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।​​​​​​​

काठमाडौँमा शुरू भयो इन्द्रजात्रा [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँ उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ पनि भनिन्छ।

हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो  १०:३१ बजे ठड्याएपछि शुरू भएको जात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ। 

null

ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो। 

जात्राको समयमा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

nullnullnullnullnullnull