आज बसेको मन्त्रिस्तरीय बैठकले नेपालमा सूचीकृत नभएका अनलाइन तथा फेसबुक, एक्सलगायत सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।
काठमाडाैँ– सरकारले नेपालमा दर्ता नभएका फेसबुकलगायत सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ। आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्विसुब्बा गुरुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा दर्ता नभएरै सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सूचना जारी भएको एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। १२ गते सूचना जारी भएकोमा एक हप्ताको म्याद हिजो सकिँदासम्म कुनै पनि कम्पनी दर्ता हुन नआएपछि आज मन्त्रिस्तरीय बैठकले सूचिकृत नभएका अनलाइन तथा सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।
"तोकिएको समयसीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ," बैठकपछि जारी सूचनामा भनिएको छ।
नेपालमा टिकटक, भाइबर, विटक, निम्बज र पप–अप सामाजिक सञ्जाल सूचीकृत भइसकेका छन्। मेटा (फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, थ्रेड र ह्वाट्सएप) अल्फाबेट (गुगललगायत), एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन्। दूरसञ्चार प्राधिकरणले सरकारको निर्देशन कार्यान्वयन गरेपछि यी एप्लिकेसन नेपालमा चल्नेछैनन्।
यसअघि सर्वोच्च अदालतले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सम्बन्धित निकायबाट सूचीकरण गरेर मात्र सञ्चालन गर्न दिनू भन्दै नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो।
उक्त आदेश परिपालनाका लागि यही भदाै ९ गते मन्त्रिपरिषद्बाट भएको निर्णयानुसार सूचना प्रविधि मन्त्रालयले 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सात दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण गर्नका लागि १२ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
