प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक टेबुल

विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो।

काठमाडौँ– प्रतिनिधिसभामा ‘संघीय निजामती सेवा विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ। सभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरे।

सो विधेयक राष्ट्रियसभाबाट यही भदौ १७ गते पारित भएको थियो। विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो।