सरोज यादव एमाले मधेश प्रदेश संसदीय दलको नेता चयन

एमाले मधेश प्रदेश कमिटीको बैठकले सरोज यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको छ।

काठमाडौँ– नेकपा एमाले मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्।

मधेश प्रदेश पार्टी कमिटीको बैठकले यादवलाई सर्वसम्मत चयन गरेको हो। मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो। बैठकमा आकांक्षी बढी भएपछि चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो।

महोत्तरी- ४ (१) बाट निर्वाचित यादव पार्टीको केन्द्रीय सदस्य पनि हुन्। एमालेले प्रदेशसभामा २३ सिट जितेर एमाले मधेश प्रदेशमा सबैभन्दा ठुलो दल बनेको छ।