फेसबुक, हाम्रो पात्रोसहित २६ 'प्लेटफर्म' बन्द गर्न प्राधिकरणले पठायो पत्र

दूरसञ्चार प्राधिकरणले फेसबुक, इन्स्टाग्राम, एक्स, हाम्रो पत्रोलगायत २६ वटा सामाजिक सञ्जाल 'प्लेटफर्म' बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाएको छ।

काठमाडाैँ– नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुक, इन्स्टाग्राम, एक्स, हाम्रो पत्रोलगायत २६ वटा सामाजिक सञ्जाल 'प्लेटफर्म' बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि प्राधिकरणले नेपालमा सूचीकृत हुन नआएका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र चल्न नदिन पत्र पठाएको हो।

"सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२/०५/०९ को निर्णय, श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका देहायका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयानुसार जानकारी गराइएको छ," पत्रमा भनिएको छ।

null