कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्।

काठमाडाैँ– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रतिष्ठानका उपकुलपति डा पुजन रोकायाले गरेको सिफारिसका आधारमा जुम्लाको चन्दननाथ नगरपालिकाका महतलाई बिहीबार रजिष्ट्रारमा नियुक्त गरेका हुन्।

महतले त्रिभुवन विश्वविद्यालयबाट जनस्वास्थ्यसँग सम्बन्धित विषयमा विद्यावारिधि गरिरहेका छन्। विगत साढे दुई दशकदेखि नेपाल सरकारका विभिन्न द्विपक्षीय र बहुपक्षीय परियोजना/कार्यक्रममा व्यवस्थापकीय जिम्मेवारीको भूमिकामा रहेको उनीसँग अनुभव छ।