आफ्नो औपचारिक लेटरप्याड तथा ईमेलमार्फत जानकारी नमागेको हुनाले यसलाई 'मेटा सम्पर्कमा आएको' भन्न नमिल्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।
काठमाडौँ– फेसबुकको मातृ कम्पनी मेटा नेपालमा दर्ताका लागि औपचारिक रूपमा सम्पर्कमा नआएको सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताएका छन्।
विभिन्न अनलाइन मिडियाले मेटा सम्पर्कमा आएको भन्दै भ्रामक समाचार दिइरहेकोबारे उनले आपत्ति जनाउँदै भने, “खै कसले भनेर यस्तो समाचार लेखिरहनुभएको छ मलाई थाहा भएन, यस्तो भ्रामक समाचार दिनुभएन। मेटा औपचारिक रुपमा हाम्रो सम्पर्कमा आएको छैन।”
उनका अनुसार सिंगापुरमा रहेका मेटाका एक कर्मचारीले सञ्चार मन्त्री पृथ्विसुब्बा गुरुङको सचिवालयमा सम्पर्क गरेर दर्ताका लागि के चाहिन्छ भनेर सोधका थिए। त्यही अनुसार मन्त्रालयबाट यो यो डकुमेन्ट चाहिन्छ भनेर जानकारी गराउने काम भएको उनले बताए। आफ्नो औपचारिक लेटरप्याड तथा ईमेलमार्फत जिम्मेवार व्यक्तिले जानकारी नमागेको हुनाले यसलाई सम्पर्कमा आएको भन्न नमिल्ने उनको भनाइ छ।
उनले उकालोसँग भने, “त्यसलाई मेटाको प्रतिनिधि पनि भन्न मिल्दैन। मेटासँग सम्बन्धित निकायमा कार्यरत कर्मचारी हो। अनौपचारिक रूपमा सोधेको हो।”
हाम्रो पात्रो भने दर्ताको लागि औपचारिक रूपमा आइसकेको उनले बताएका छन्। यससँगै हाम्रो पात्रो नेपालमा बन्द हुने सामाजिक सञ्जाल प्लेटफर्मको 'रेड लिस्ट'बाट हटिसकेको उनले जानकारी दिए।
औपचारिक रूपमा दर्ता हुन नआए मेटालगायत सबै कम्पनी 'रेड लिस्ट'मा नै रहेको र चाँडै बन्द हुने उनले बताए।
यो पनि: फेसबुक, हाम्रो पात्रोसहित २६ 'प्लेटफर्म' बन्द गर्न प्राधिकरणले पठायो पत्र
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
