विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले शुक्रबार बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो।
कमलामाई– सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अन्य एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले शुक्रबार बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको मृत्यु भएको हो। दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ। घरपालुवा २० वटा पन्छी मरेका छन्। ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
