यो साता उकालोमा ‘स्क्यामर’को फन्दाः १२ हजार बैंक खाता रोक्का, शवको हड्डी बिक्री प्रकरण, काठमाडौँमा हैजा नियन्त्रण गर्न अपनाइएको त्यो उपाय–मारेका झिँगा मानोमा भरेर पुरस्कारलगायतका समाचार चर्चामा रहे।
न्युजलेटर शुरू गरौँ यो साता निकै चर्चामा रहेको विषय– नेपालमा दर्ता नभएका फेसबुकलगायत सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णयबाट। यो साता सरकारको यस निर्णयसँगै यसको विरोध र समर्थनबारे नागरिक तथा राजनीतिक तहमा बहस भइरहेको छ।
सरकारले दर्ता नभएका फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि हाम्रो पात्रो र एक्सले दर्ताका लागि निवेदन दिएकाले तिनलाई तत्कालै बन्द गरिएको छैन। फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा दर्ताका लागि सम्पर्क गरेको भनिए पनि औपचारिक प्रक्रियामा नआएको सञ्चार तथा प्रविधि मन्त्रालयले जनाएको छ।
‘नेपालमा दर्ताका लागि मेटा औपचारिक रूपमा सम्पर्कमा आएको छैन’
यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा दर्ता नभएरै सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सूचना जारी भएको एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। १२ गते सूचना जारी भएकोमा एक हप्ताको म्याद बुधबार सकिँदासम्म कुनै पनि कम्पनी दर्ता हुन नआएपछि बिहीबार मन्त्रिस्तरीय बैठकले सूचिकृत नभएका अनलाइन तथा सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
यसअघि सर्वोच्च अदालतले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सम्बन्धित निकायबाट सूचीकरण गरेर मात्र सञ्चालन गर्न दिनू भन्दै नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो।
फेसबुक, हाम्रो पात्रोसहित २६ 'प्लेटफर्म' बन्द गर्न प्राधिकरणले पठायो पत्र
यस्तै, वीरगन्जमा हैजाको प्रकोपको खबरले पनि धेरैको ध्यान तान्यो। भदौ ६ मा वीरगन्जमा हैजाको पहिलो बिरामी भेटिएको थियो। हैजा के कारणले फैलियो अझै प्रस्ट छैन। अहिलेसम्म हैजा र झाडापखालाका ९०० भन्दा धेरै बिरामी अस्पताल पुगेका छन्। तीमध्ये अधिकांश उपचारपछि घर फर्किएका छन्।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अझै ४३ जना उपचाररत छन्। तर अस्पताल नआएका बिरामी धेरै हुनसक्ने उनको अनुमान छ। त्यहाँ खानेपानी संस्थानले वितरण गर्ने पानीबाट हैजा फैलिएको प्रारम्भिक अनुमान थियो। तर डा. सिंहले संस्थानको पानीबाट हैजा फैलिएको पुष्टि नभएको बताएका छन्।
नेपालका शहरी र ग्रामीण क्षेत्रमा बेलाबेला हैजा फैलिएका समाचार आइरहन्छन्। काठमाडौँलगायत देशका विभिन्न ठाउँमा २०१५ सालमा हैजाले महामारी नै ल्याएको थियो। उक्त महामारीको समाचार १९५८ अगस्ट २ को न्युयोर्क टाइम्सले पनि ‘नेपाल ह्याज कोलेरा आउटब्रेक’ शीर्षकमा छापेको थियो। त्यस बेला भारत, पाकिस्तान, थाइल्यान्ड लगायत एशियाका केही देशमा समेत हैजा फैलिएको थियो।
नेपालमा त्यस बेलाको हैजा झिँगाले फैलाएको स्वास्थ्य मन्त्रालयले हैजा नियन्त्रणका लागि गठन गरेको कमिटीले निष्कर्ष निकालेको थियो। हैजा निवारण कमिटीले झिँगा नियन्त्रण गर्ने रोचक निर्णय गरेको थियो। झिँगा मार्ने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरिएको थियो। एक माना झिँगा मार्नेलाई पाँच मोहर (हालको २ रुपैयाँ ५० पैसा) पुरस्कार घोषणा भएको थियो।
त्यसबेला झिँगा मारेर कसरी हैजा नियन्त्रण गरिएको थियो? हैजा नियन्त्रणमा क–कसले सहयोग गरेका थिए? यसबारे थप बुझ्न पढ्नुहोस् प्रकाश गुरागाईं र उपेन्द्र अर्यालको रिपोर्ट : काठमाडौँमा हैजा नियन्त्रण गर्न अपनाइएको त्यो उपायः मारेका झिँगा मानोमा भरेर पुरस्कार
साताका प्रमुख हेडलाइन:
देश-समाज
‘स्क्यामर’को फन्दाः १२ हजार बैंक खाता रोक्का, पठाउने र पाउनेलाई नै झमेला
विदेशबाट हुण्डीमार्फत पैसा पठाउँदा स्क्यामरको फन्दामा पर्ने र रकम गुमाउने धेरै छन्। नेपालमा प्रलोभनमा परी आफ्नो खाताबाट रकम ट्रान्सफर गरिदिने र पाउने दुवैले कानूनी झमेलासमेत बेहोरिरहेका छन्।
पोखरा विमानस्थललाई संकट बनेको खानेपानी ट्यांकीः संस्थान क्यानको भरमा, समाधान झन् टाढा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अस्तित्वमै अवरोध बनेको ओभरहेड ट्यांकीको उचाइ घटाउने–नघटाउने निर्णय गर्न खानेपानी मन्त्रालयले निर्देशन दिए पनि संस्थान भने क्यानको प्रतिवेदनमा अल्झिएको छ।
मानव अंग बेचबिखनको ‘र्याकेट’ चलाइरहेका भण्डारीः जसले १०० भन्दा धेरै व्यक्तिको मिर्गौला बेचे
नेपालीलाई भारतमा लगेर मिर्गौला झिकिएको प्रकरण बाहिर आएपछि थप चनाखो बनेको ब्युरोले ‘अपरेसन लाइभ सिल्ड’ चलाएर अनुसन्धान अघि बढाएको थियो।
शवको हड्डी बिक्री प्रकरण: 'मोक्षको ढोका'मा जब पैसाको धुवाँ उड्छ
सामाजिक सञ्जालमा हल्ला चल्यो– शवको मासुसमेत बेचिन्छ रे। टेलिभिजनमा समेत यस्तै समाचार बजे। तर प्रहरी अनुसन्धानले प्रष्ट पारेको छ– मासु बिक्री भएको छैन, त्यहाँ खरानी र हड्डी किनबेच भएको थियो
काठमाडौँमा पार्किङको झमेलाः गुडेका सवारीसाधन रोक्ने/राख्ने कहाँ?
काठमाडौँ उपत्यकामा काम विशेषले दुई पाङ्ग्रे वा चार पाङ्ग्रे निजी सवारीसाधन लिएर निस्किने जोकोहीले जामको सास्ती मात्र होइन, पार्किङ स्थलबारे पहिल्यै नसोचे कामै नगरी निवास फर्किनुपर्ने अवस्था आउन सक्छ।
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाः किन बाध्यता, के छ विकल्प?
सर्वोच्च अदालतले करिब ६ वर्षअघि नै इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा लेख्ने बाटो खोलिदिएको थियो। तर अझै नेपाली भाषामै लेखिनुपर्ने भन्दै विरोध भइरहेको छ। के देवनागरी लिपि प्रयोग गर्न नसकिने नै हो त?
बिरामी र चिकित्सकको संवाद ‘मेडिकल नोट’मा बदल्ने एआई उपकरण भित्र्याउने चिकित्सक
बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई मेडिकल नोटमा परिवर्तन गर्ने एआई उपकरण ‘माई क्लिनिको’ दमक बाल अस्पतालमा प्रयोग भइरहेको छ। त्यसलाई भित्र्याउने चिकित्सक हुन् डा. प्रकाश पौडेल।
विचार-टिप्पणी
‘साढे पाँच महिने आईजीपी खायाँ’
२०७४ सालको चुनावमा रेणु दाहाल थोरै भोटले हार्ने देखिएपछि रचिएको ‘मतपत्र च्यात्ने काण्ड’ हुँदा चितवन प्रहरी प्रमुख रहेका थापाको भूमिका शंकास्पद ठानियो, तैपनि एमालेको निशानामा परेनन्। बरु, प्रिय नै रहे।
लिपुलेकमा भारत–चीनबीच फसेको नेपाल
यतिबेला लिपुलेक नेपालको परीक्षा हो। इतिहासबाट पाठ सिकेर, कूटनीतिलाई अझ चुस्त बनाएर, आन्तरिक तथा बाह्य रणनीतिलाई मजबुत बनाएर नेपाल सक्रिय खेलाडी बन्न सक्छ।
पुस्तक दहनको जनकपुर सन्दर्भ र पठनका चुनौती
खबर थाहा पाउँदा डा.राजेन्द्रप्रसाद विमलको प्रतिक्रिया थियो, ‘पुस्तक जलाएर खाना पकाउनु भनेको दुनियाँको कुनै पनि तानासाहले गरेको जुनसुकै अपराधभन्दा जघन्य अपराध हो।’
कला/जीवनशैली
इन्द्रजात्राका झ्यालिन्चा रमिरः लाखेलाई हैरान बनाउने बालसुलभ हर्कत
इन्द्रजात्रामा लाखेलाई जिस्काउने बालपात्र हो, झ्यालिन्चा। जसले मजिपाजस्तो शक्तिशाली लाखेलाई आफ्नो हर्कतबाट हैरान बनाउँछ। अनि दर्शक त्यही हेर्न लालायित हुन्छन्।
विश्व
चुनाव जित्न ममदानीका अनेक उपाय
न्युयोर्क शहरको मेयर बन्ने दाैडमा रहेका ममदानीले चुनाव जित्न अनेक रणनीति अपनाएका छन्। कहिले उनी कोट पाइन्ट लगाएरै समुद्रमा कुद्छन् भने कहिले विभिन्न भाषा बोलेर विभिन्न समुदायलाई रिझाउँछन्।
अफगानिस्तान भूकम्प: मृत्यु हुनेको संख्या १ हजार ४०० पुग्यो
अफगानिस्तानको कुनार प्रान्तस्थित नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको ६ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ४०० पुगेको छ। तीन हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन्। यस भूकम्पले करिब पाँच हजार ४०० घर ध्वस्त बनाएको छ। हजारौँलाई घरबारविहीन बनाएको छ।
केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल पुर्याइएको छ। खालिद इब्न वालिद कोप्रस्का प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले उद्धारका लागि सैन्य तथा नागरिक निकायका टोली परिचालन गरिएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
