समसामयिक राजनीतिबारे धारणा सार्वजनिक गर्दै कांग्रेस, ३ बजे पत्रकार सम्मेलन

नेपाली कांग्रेसले सरकारबाट बाहिरिएपछि आफ्नो धारणा सार्वजनिक गर्न पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ।

 काठमाडौँ– नेपाली कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै छ।

दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्ने कांग्रेसले जनाएकाे छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता प्रकासशरण महतले मंसिर ४ को निर्वाचन र समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

यस्तै भातृ, शुभेच्छुक संस्थाको गठन तथा विस्तार, पार्टीको विभाग गठन, प्रतिपक्षी भूमिकाका विषयमा पनि पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने पौडेलले बताए।