काठमाडौँमा पनि पाँचथरकै लिम्बू बाँचेको छु: उपेन्द्र सुब्बा (भिडियोसहित)

‘च्याब्रुङ खुशीको कथा भन्ने स्वर हो। च्याब्रुङ जातीय चेतनाको झंकार मात्रै होइन, हुँकार पनि हो।’

काठमाडौँ– कवि र कथाकारका रूपमा परिचित उपेन्द्र सुब्बा अब चलचित्र निर्देशकका रूपमा दर्शकमाझ आउँदै छन्। उनी लेखन र निर्देशनमा संलग्न भएको नयाँ चलचित्र ‘जारी–२’ असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको छ। 

यसअघि उपेन्द्रले ‘लाटो पहाड’ (कथासंग्रह) र ‘खोलाको गीत’ (कवितासंग्रह) प्रकाशित गरिसकेका छन्। फिल्मतर्फ उनले लेखेका ‘कबड्डी’ शृंखला, ‘जारी’, ‘मनसरा’लगायत चलचित्र सफल प्रदर्शन भइसकेका छन्।

पाँचथरको आङसराङ गाउँमा जन्मिएका र हुर्किएका उपेन्द्र आफ्नै जातीय चेतना र पहिचानलाई समातेर साहित्य र सिनेमामा चिनिएका व्यक्तित्व हुन्। ‘जारी–२’ मा उनले लिम्बू समुदायको सांस्कृतिक गहनाका रूपमा रहेको च्याब्रुङको कथा प्रस्तुत गर्न चाहेका छन्।

“हामीले पूर्वमा च्याब्रुङ बजाउँदा डडेलधुराको नेपालीले पनि थाहा पाउन् कि लिम्बू जातीको बसोबास यता रहेछ भनेर,” च्याब्रुङ महत्त्व सुनाउँदै उकालो संवादमा आएका निर्देशक सुब्बाले भने, “च्याब्रुङ खुशीको कथा भन्ने स्वर हो। च्याब्रुङ जातीय चेतनाको झंकार मात्रै होइन, हुँकार पनि हो।”  

null

आफू पहाडी गाउँघरबाट अलिक ठूलो दुनियाँ खोज्दै काठमाडौँ आइपुगेको र मनको दुःख लुकाउन शहर छिरेको बताउने सुब्बाले ‘आफू नाम बनाउन उद्योगमा नआएको भए पनि काम गर्दागर्दै हलुका नाम बनेको’ अनुभूति सुनाए। 

मुन्धुम, पालमसहित सम्पत्तिका कारण लिम्बूलाई कवि हुन त्यति मुस्किल नपर्ने उनी बताउँछन्। तर, आफ्नो रोजाइमा शहरभन्दा गाउँ रहेको उनको भनाइ छ। त्यसैले त अबको दुई वर्षपछि आङसराङ गाउँ फर्केर उतै लेखपढको सात्त्विक जिन्दगी बिताउने रहरसमेत उपेन्द्रले सुनाएका छन्।

भिडियो