बाढीपहिरोले देशभरका १२ राजमार्ग अवरुद्ध

देशभरका १६० राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन्। अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।

बाढीपहिरोले देशभरका १२ राजमार्ग अवरुद्ध
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ। 

विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध छन्। जमुनाहा–नेपालगन्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ। 

यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ। चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ। ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि बन्द भएको छ। 

विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द छ। कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग),सुर्खेत–तल्लो डुंगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध छ। 

विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाडौँ–धुलिखेल–दोलालबाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताए।