काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा शनिबार सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा ५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री जिरादेवी दानीको मृत्यु भएको हो। काठमाडौँको चाबहिलमा बस्दै आएकी ५८ वर्षीया दानीको स्थायी घर गोरखा हो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।
सिनामंगलमा एक व्यक्ति मृत फेला
यसैबीच, काठमाडौँ महानगरपालिका–९, सिनामंगलस्थित तरकारी बजार नजिकैको झाडीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार शनिबार मृत भेटिएका अन्दाजी ३२ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
