नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुगेको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ।
शुक्रबार प्रतितोला २ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुन २ हजारले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुगेको छ।
नेपाली बजारमा केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ। भदौ १३ गते सुनको मूल्यले तोलाको २ लाख रुपैयाँ नाघेको थियो। भदौ १ गते तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँले बढेको हो। एक तोला चाँदी २ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
