लगनखेलका अतिक्रमित संरचनामा डोजर [तस्वीरहरू]

अतिक्रमित स्थानमा रहेको न्हुः पोखरी जिर्णोद्वार तथा पुनर्निर्माणका लागि महानगरले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ।

लगनखेलका अतिक्रमित संरचनामा डोजर [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्मित संरचना भत्काएको छ। 

आइतबार बिहान ३ वटा डोजरसहित पुगेका नगर प्रहरीले संरचना भत्काएका हुन्। अतिक्रमित संरचना भत्काउन आग्रह गर्दै महानगले ३५ दिने सूचना जारी गरेको थियो। 

null

उक्त समयसीमा नाघेपछि डोजर चलाइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए। महानगरले सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरी संरक्षण गर्ने नीति लिएको छ। 

सोहीअनुरूप सो स्थानमा रहेको न्हुः पोखरीको जिर्णोद्वार तथा पुनः निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको महानगरले जनाएको छ।

nullnullnull