सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार ३०० भन्दा बढी ड्रोन, करिब ९०० निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको जेलेन्स्कीको भनाइ छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनले गरेको मस्कोमा भेट्ने प्रस्ताव अस्वीकार गरेका छन्।
आफू आतंककारीको राजधानी जान नसक्ने उनले बताएका हुन्। “म आतंककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन प्रत्येक दिन मिसाइल आक्रमण र गोलीबारीको शिकार भइरहेको छ,” अमेरिकी मिडियासँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, “पुटिन किएभ आउन सक्नुहुन्छ।”
सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार ३०० भन्दा बढी ड्रोन, करिब ९०० निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको जेलेन्स्कीको भनाइ छ। उनका अनुसार देशका १४ क्षेत्रमा हवाई आक्रमण भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकका राष्ट्रपतिबीच आमनेसामने वार्ताका लागि निरन्तर दबाब दिइरहेका छन्। गत महिना अलास्कामा भएको पुटिनसँगको ट्रम्पको भेटको मुख्य उद्देश्य द्विपक्षीय वा त्रिपक्षीय बैठकको तयारी गर्नु रहेको थियो।
त्यसपछि ट्रम्पले युक्रेनी राष्ट्रपतिले वासिंटन भ्रमण गरी युरोपेली नेतासँग छलफल गरेपछि पुटिन र जेलेन्स्कीबीच भेट हुनसक्ने बताएका थिए।
यसैबीच, पुटिनले आफू जेलेन्स्कीसँग भेट्न तयार रहेको तर मस्कोमा मात्रै सम्भव हुने बताएका थिए। शुक्रबार, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले जेलेन्स्कीलाई रुसी राजधानीमा वार्ता गर्न आमन्त्रित गरिएको बताएका थिए। (रासस/एएनआई)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
