नेप्से परिसूचक ११.५२ अंकले घट्यो , करिब साढे ४ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा कायम भएको हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.५२ अंकले ओरालो लागेको छ। नेप्सेका अनुसार आजको कारोबारमा परिसूचक ०.४२ प्रतिशतले घटेर २७०८.२५ अंकमा कायम भएको हो।

यस दिन विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँमा कारोबार भएको छ। आज १७३ वटा कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको बढेको छ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ९.९७ प्रतिशत, एनआइबीएल समृद्धि फन्ड–२ को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशतले घटेको छ।

साथै, पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ३.९२ प्रतिशतले ओरालो लागेको छ।