कांग्रेस क्षेत्रीय सभापति महमद साहबुद्दिनको साटो उनका छोरा अफताबले परीक्षा दिइरहेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनले जनाएको छ।
वीरगन्ज– वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्दिनका छोरा, २५ वर्षीय महमद अफताब रहेका छन्।
क्याम्पसमा मानविकी संकाय, राजनीति शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा भइरहेको बेला अफताबले आफ्ना बुवाको प्रवेशपत्रमा आफ्नो तस्वीर टाँसेर परीक्षा दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी महमद साहबुद्दिनको साटोमा अफताब परीक्षा दिइरहेको सूचना पाएपछि तत्काल अनुगमन टोली खटाइएको थियो।
“जाँच गर्दा परीक्षार्थी साहबुद्दिनको स्थानमा उनका छोरा अफताब भएको पुष्टि भएपछि उनलाई परीक्षा हलमै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो,” प्रमुख यादवले भने।
त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) बमोजिम अफताब र उनका पिता दुवैविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइने क्याम्पस प्रशासनले जनाएको छ।
“क्याम्पस प्रशासनबाट बुझाइएका युवकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ,” पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले भने। पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय वीरतामा राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
