रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभस्थित मन्त्रिपरिषद् भवनको छतमा आगलागी भएको थियो।
रुसले युक्रेनमाथि युद्ध शुरू भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। यस आक्रमणमा राजधानी किभस्थित युक्रेनको प्रमुख सरकारी भवनसमेत क्षतिग्रस्त भएको छ।
युक्रेनको वायुसेनाका अनुसार रुसले ८१० ड्रोन र १३ मिसाइल प्रहार गरेको थियो। युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनाटले यसलाई रुसको अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन हमला भएको पुष्टि गरे। युक्रेनले भने ७४७ ड्रोन र ४ मिसाइललाई खसाल्न सफल भएको दाबी गरेको छ।
रुसको मुख्य निशाना किभस्थित युक्रेनको मन्त्रिपरिषद्को भवन रहेको थियो। रुसी आक्रमणका कारण किभस्थित मन्त्रिपरिषद् भवनको छतमा आगलागी भएको थियो।
युक्रेनका प्रधानमन्त्री युलिया स्व्यारिडेन्कोले टेलिग्राममा लेख्दै भनिन्, “पहिलो पटक, शत्रुको आक्रमणबाट सरकारी भवनमा क्षति पुगेको छ।” उनले क्षति भएको भवन पुनर्निर्माण गर्न सकिने तर ज्यान गुमाएका मानिसलाई फर्काउन नसकिने बताइन्। “शत्रुहरूले हरेक दिन हाम्रो जनतालाई आतंकित पारिरहेका छन्,” उनले भनिन्।
किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार, यस आक्रमणमा दुई जनाको मृत्यु भएको छ र २० जना घाइते भएका छन्। किभको शहर प्रशासन प्रमुख टिमुर तकाचेन्कोका अनुसार, मृत्यु हुनेमा एक आमा र उनको तीन महिनाको बच्चा रहेका छन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस आक्रमणलाई 'जघन्य अपराध' भन्दै रुसलाई थप प्रतिबन्ध लगाउन र युक्रेनको हवाई प्रतिरक्षा प्रणाली बलियो बनाउन विश्व समुदायसँग आग्रह गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
