पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सोमबार काठमाडौँमा भएको घटनाको मुख्य कारण ‘विवेकी राजनेता’ र ‘उत्तरदायी राज्य सञ्चालन प्रणाली’को अभाव भएको बताएका छन्।
काठमाडौँ- पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सोमबार काठमाडौँमा भएको ‘जनसंहारकारी’ घटनाको मुख्य कारण ‘विवेकी राजनेता’ र ‘उत्तरदायी राज्य सञ्चालन प्रणाली’को अभाव भएको बताएका छन्।
‘उकालो’सँगको कुराकानीमा उनले भने, “जेनजी भनेर आएको नयाँ पुस्ताले भ्रष्टाचार नियन्त्रण हुनैपर्ने, सुशासन कायम गर्नुपर्ने र नेताराजको अन्त्य गर्नुपर्ने माग उठाएको थियो।”
खतिवडाका अनुसार, भ्रष्टाचारलाई नियन्त्रण गर्न नसक्नु र हठात् सामाजिक सञ्जाल बन्द गर्नुले समस्यालाई झनै बढाएको हो। “नियन्त्रण गर्नुपर्ने कुरामा नियन्त्रण गरिएन, तर नियन्त्रण गर्न नहुने कुरामा नियन्त्रण खोजियो,” उनले भने। उनले नेपाल अर्को अनिश्चय र अस्थिरताको भुमरीमा धकेलिने बाटोमा रहेको बताए।
विगतदेखि राजनीतिक र अन्य आन्दोलन धेरै पटक भएको र राजनीतिक प्रणाली पटक–पटक परिवर्तन गरिए पनि कुनै विवेकी राजनेता जन्मन नसकेको उनको ठहर छ।
यसैको परिणाम आजको अन्योल र अस्थिरताको उदय भएको पूर्वन्यायाधीश खतिवडाले बताए। “निष्ठा, त्याग र समर्पणको ठाउँमा निहित स्वार्थ, दम्भ र अहंकार बोकेका मानिसहरूबाट धेरै सुन्दर परिकल्पना गर्न सकिँदैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
