अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।
काठमाडौँ– नेपालस्थित विभिन्न देशका दूतावासले परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
विभिन्न ९ देशका दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले सोमबार गरेको आन्दोलन र हिंसात्मक घटनाप्रति सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका हुन्।
अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र अमेरिकाका नेपालस्थित दूतावासले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
“हामी काठमाडौँ तथा नेपालका अन्य स्थानमा सोमबार देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौँ। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौँ घाइते भएकोमा हामी संवेदनशील भएका छौँ,” विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा आवाज उठाएका छन्।
“हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
