कृषिमन्त्री अधिकारीद्वारा राजीनामाको घोषणा

केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन्।

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले राजीनामाको घोषणा गरेका छन्। 

असहज परिस्थितिका कारण आफूले राजीनामाको घोषणा गरेको र प्रधानमन्त्रीलाई बुझाउने तयारी गरिरहेको मन्त्री अधिकारीले उकालोलाई बताए।

नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए। 

केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन्।