प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले यस विषम परिस्थितिमा संयम रहन सबैप्रति अनुरोधसमेत गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। उनले मंगलबार साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन्। 

“कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो,” प्रधानमन्त्री ओलीले भनेका छन्, “उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु। त्यसैका लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेको छु।”

यस विषम परिस्थितिमा संयम रहन उनले सबैप्रति अनुरोधसमेत गरेका छन्।