गृहमन्त्री रवि लामिछानेले उद्योगी–व्यवसायी साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी–व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्।
उनले उद्योग–व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत जनाए। "अगाडि कस्ता निर्णय भए र कस्तो आँखाले हेरियो थाहा छैन। तर, हाम्रातर्फबाट तपाईंहरूलाई रेर्ड कार्पेट छ। उद्योग–व्यवसायको सुरक्षा र उन्नतिका लागि गृह मन्त्रालय चुक्दैन। सरकारले एउटा स्पेसल युनिट खडा हुन्छ", उनले भने।
गृहमन्त्री लामिछानेले उद्योगी–व्यवसायी साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने आश्वासन दिए। उनले उद्योगी–व्यवसायीलाई आफ्नो व्यापार बढाएर मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गरे। उनले उद्योगी–व्यवसायीले सरकारी कार्यालय, हाकिम र राजनीतिज्ञलाई भेटेर समय खेर फाल्नु नपर्ने बताए। उनले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीले सल्लाह सुझाव दिनुपर्ने बताए।
गृहमन्त्री लामिछानेले उद्योगी–व्यवसायीले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने आश्वासन दिए। "उद्योगी–व्यवसायीले पैसा कमाउनु अपराध गर्नुजस्तो व्याख्या छ, त्यसलाई हामीले अन्त्य गर्छौं। उद्योगी–व्यवसायीले पैसा कमाउनुपर्छ, कमाउनुस्। स्वच्छ प्रतिस्पर्धा गरेर व्यवसायीको उन्नति हुँदा नै मुलुकको उन्नति हुने हो। त्यहाँबाट नै रोजगारीको सिर्जना हुन्छ", उनले भने।
उनले कानूनभन्दा बाहिर रहेर काम गर्नेको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने उल्लेख गरे। उनले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानूनीको परिधिभित्र रहेर काम गर्ने विश्वास दिलाए।
गृहमन्त्री लामिछानेले कालोबजारीका कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका बताए। कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ छ। उनले मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको पनि सुनाए। चेम्बरले गृहमन्त्रीलाई कालोबजारी, सीमा नाकाबाट हुने चोरी-पैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
