हिल्टन होटलमा आगजनी

काठमाडाैँको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

काठमाडाैँ– काठमाडाैँको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

घटनास्थलमा पुगेका उकालोका संवाददाताले बताएअनुसार प्रदर्शनकारीले होटलका संरचना तोडफोड गर्नुका साथै आगजनी गरेका हुन्। त्यस क्षेत्रमा प्रहरी खटाइएको पनि भिडलाई नियन्त्रणमा लिन सकेको छैन। प्रदर्शनकारीले नाराबाजी गरिरहेका छन्।