नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता तथा देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको भन्दै उनले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निम्ति आह्वान गरेका हुन्।
काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता तथा देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको भन्दै उनले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निम्ति आह्वान गरेका हुन्। "राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गर्दछौं," सम्बोधनमा उनले भनेका छन्।
उनले थप जनधनको क्षति हुन नदिनसमेत अनुरोध गरेका छन्। असहज परिस्थितिलाई सामान्यीकरण गर्दै सार्वजनिक र नागरिकको सम्पत्तिको रक्षा एवम् नागरिकको सुरक्षाको प्रत्याभूति दिएर राष्ट्रको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ।
सेनापति सिग्देलले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
