राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश– संयमता अपनाउनुस्

नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै महासचिव गुटेरसले मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरसले नेपालमा थप हिंसा बढ्नबाट रोक्न गहन अनुसन्धान, संयम र रचनात्मक बाटो अपनाउन आग्रह गरेका छन्। त्यसका लागि संवाद हुनुपर्ने उनको भनाइ छ।

गुटेरसले बुधबार बिहान एक्समा लेख्दै आफूले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन्। “जनधनको क्षतिले म दुःखी छु,” उनले लेखेका छन्। 

मानव अधिकार कानूनको पालना गर्नसमेत उनको आग्रह छ। उनले भनेका छन्, “म सबैलाई मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दछु।”

गुटेरसले प्रदर्शनकारीलाई समेत शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आग्रह गरेका छन्। “जीवन र सम्पत्तिको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्छ,” उनले भनेका छन्।