प्रहरी वृत्त महाराजगन्जमा दुई प्रहरीको मृत्यु

मृत्यु हुनेमा एक सहायक निरीक्षक र एक जवान रहेको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन्।

काठमाडौँ– प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक सहायक निरीक्षक र एक जवान रहेको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए। 

उनका अनुसार अरू केही प्रहरी सम्पर्कविहीन छन्। जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ।