रामशाहपथमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, बार एसोसिएसन र स्वास्थ्य मन्त्रालयको भवन आन्दोलनकारीले जलाउँदा राष्ट्रिय अभिलेखालय जोगियो। अभिलेखालय जोगाउने अभियानको नेतृत्वकर्ता थिए जुपिटर प्रधान।
काठमाडौँ– कलाकार जुपिटर प्रधानको घर अन्नपूर्ण न्युरो अस्पतालसँगै छ। मंगलबार साँझ ५ बजे माइतिघर मण्डलमा भेला भएर शान्ति आह्वान गर्ने उनले साथीहरूसँग अघिल्लो दिन योजना बनाएका थिए। तर उनी बिहान ११ बजे नै त्यहाँ पुगेर सडकमा शान्तिको संकेतको चित्र कोर्दै थिए।
त्यस बेला जुलुस नारा लगाउँदै शान्तिपूर्ण तरिकाले बानेश्वरतिर गइरहेको थियो। उनी घर फर्किएर खाना खाए, अनि मोबाइल चार्जमा राखेर घरबाहिर निस्किए। न्युरो अस्पतालसम्म आइपुग्दा त्यहाका डाक्टरले जुलुस सिंहदरबार छिरेको बताए। प्रधानमन्त्री ओलीले राजीनामा दिएको खबर पनि आयो।
सिंहदरबारमा विजय जुलुस छिरेको हुनसक्ने आकलन गरेर जुपिटर त्यतै लागे। तर त्यहाँको दृश्य फरक थियो। “एउटा हुल सिटी सेन्टरबाट आएको थियो,” उनी भन्छन्, “सिंहदरबार छिरेर तोडफोड गर्न थाले। आगो लगाउन थाले, त्यहाँ एकजना दिदी नजलाउनु भन्दै रोक्न खोज्दै हुनुहुन्थ्यो, भित्र छिरेको भीडले के सुन्थ्यो?”
माइतिघर तिरबाट अर्को भीड आउन थाल्यो। माइतिघरबाट सिंहदरबार जाने सडकमै छ पुरातत्त्व विभाग। उनी त्यहीँ पुगेका थिए। त्यो भीडले विभागको ताल्चा फोड्यो। अनि सर्वोच्च अदालततिर लाग्यो।
उनी पनि भीडसँग अगाडि बढे। “त्यो एग्रेसिभ समूह अझ अगाडि सर्वोच्च अदालत आक्रमण गर्न गयो,” उनी भन्छन्, “त्यहाँ एक जना बहिनीले रोक्न खोज्नुभयो। हामी तीनचार जना पनि थियौँ।”
न्यायसम्बन्धी महत्त्वपूर्ण काजगात त्यहाँ रहेको भन्दै आफूहरूले रोकेको उनी बताउँछन्। तर त्यही भीडको अर्को समूह प्रहरीको ब्यारिकेडसहित मिसियो। “ब्यारिकेट यसरी सर्वोच्चको गेटमा हुत्याएकी एकैपटकमा खुल्यो। अनि भित्र गएर तोडफोड आगजनी गर्न थाले,” उनी भन्छन्।
त्यहाँ रोक्न नसकिने देखेपछि उनी एकजना साथीसहित पुरातत्त्व विभागतिर फर्किए। त्यहाँको ताल्चा पहिल्यै फोडिएको थियो। त्यहाँ एक समूह अराजक बन्दै आएको देखेपछि ती साथी भागे। तर उनी एक्लै विभागअघि बसे।
त्यसपछि केही युवा उनलाई साथ दिन आए, जुपिटरको मनोबल बढ्यो। सडकमा लडेका केही बाइक गेटअघि राखे। विभागका कर्मचारी डरले भित्रै बसेका थिए। उनी ताल्चा माग्न भित्र गए, तर अतिरिक्त ताल्चा राखिएको थिएन। विभाग बचाउन कोही छ भन्ने भएपछि कर्मचारी पनि निस्किए। सुरक्षामा खटिएका प्रहरीलाई ‘सिभिल डे«स’मा बस्न भनियो।
उनी भने घर गएर ताल्चा लिएर आए। तर बाहिरको माहोल अराजक देखेपछि उनले फेसबुकबाट पुरातत्त्व विभाग बचाउन भन्दै सबै कलाकारलाई आह्वान गरे। “अस्मिना रञ्जित, वसन्त दाइ, सुगत आचार्य, जया दिदीको परिवारैलगायत कलाकार तत्कालै आए। मेरो घरमा रहेको एक विदेशी कलाकार पनि आएर बसिदिनुभयो,” उनी भन्छन्।
तोडफोड गर्न आएको समूहलाई उनीहरूले सम्झाइबुझाइ गरेर फर्काउन थाले। दुई समूह फर्काएपछि तेस्रो समूह आउँदासम्म काँडेतारसहितको ब्यारिकेड गेटअघि राख्न भ्याए। “मैले घरमा रहेका भाइबहिनी र १६ वर्षकी भान्जीलाई घरमा रहेको कलरसहित पेपरबोकेर आउन भनेँ। हामीले पोस्टर र ब्यानर बनाउन थाल्यौँ,” जुपिटरले भने।
पोस्टरमा ‘सेभ आवर हिस्ट्री’, ‘टु सेभ पुरातत्त्व विभाग’ जस्ता नारा लेखेका थिए। नजिकै होटल व्यवसाय गरिरहेकी एक महिलाले पनि रातिसम्मै उभिएर साथ दिएको र सिंहदरबार बचाउन खोज्ने महिला पनि थपिएको उनी बताउँछन्।
यसबीच उनको एउटा गुनासो रह्यो, “हामीले नगरप्रहरीबाट पनि सिभिल ड्रेसमा १०–१५ जना मानिस भीड देखाउन मात्र दिनु भन्दा पनि कोही आउनु भएन। एकजना नगरपालिकाको परिचयपत्रमा रहेका मानिस सोधखोजका लागि आए, तनावको समयमा कर्मचारी अभाव थियो होला।”
साँझ पर्न थालेपछि बहिनीहरूलाई घर पठाए। उनी भने साढे १० बजेसम्म त्यहीँ रहे। “मलाई छाडेर जान मन थिएन। तर याद आयो कि सिभिल ड्रेसमा रहेका मानिस त पुलिस थिए। सिभिलमा रहेका प्रहरीलाई जिम्मा लगाएर म घर फर्र्किएँ,” उनी भन्छन्।
विभागमा बचाउनमा बसेको कोही त विभागमै पनि सुुते। राति १२ बजेसम्म उनले सम्पर्क गरिरहे, कसैले पनि आक्रमण गर्न नआएको सुनेपछि मात्र सुते।
जुपिटर र उनको समूहले पुरातत्त्व विभागअघि पटकपटक अनेक आन्दोनकारीको सामना गरे। कतिपप अवस्थामा मीठो बोली र शान्त आग्रहले काम गर्यो। कति बेला डन्डी लिएर पनि उभिए।
बिस्तारै उनले भीडको मनोविज्ञान बुझ्न थाले। उनी भन्छन्, “आक्रोश कन्ट्रोल गर्न गाह्रो हुँदो रहेछ। २०४६ सालमा १३–१४ वर्षको थिएँ, छुसुक्क केही हुँदा पनि झगडा गर्न गइहाल्ने। २०६३ सालमा अलि कति कन्ट्रोलमा थिएँ। अहिले त धेरै सम्यम छु।”
आफूहरूले उमेर समूह र मनस्थितिलाई बुझेर भीडलाई सम्झाएको उनी बताउँछन्। सिंहदरबारमा पहिलोपटक आक्रमण गरेको भीड आउँदा कबाड सामान निकाल्ने उद्देश्य थाहा पाएको उनी बताउँछन्। उनी भन्छन्, “त्यसपछि मिसिएको अर्को भीड भने जलाउनुपर्छ, भत्काउनुपर्छ भन्ने मनस्थितिमा थिए। उनीहरूको उमेर २०–३५ वर्षको थियो शायद, सो समूहलाई इतिहाससँग मतलब थिएन।”
साँझमा आएको एउटा समूह भने बाइकमा थियो। जुपिटर भन्छन्, “शायद एलिट थिए। उनीहरूको ध्येय केवल आंतक मच्चाउनु थियो। डन्डी, भुईंमा घिसार्दै हिँडेका थिए। नशामा देखिन्थे।”
उनीहरूले पोस्टर बोकेका थिए। कसैलाई इतिहासका पुराना पुस्तक अभिलेखालयमा भएको भनेर सम्झाए। कसैलाई लिपुलेक र कालापानीको नक्सा छ भनेर सम्झाए। फाट्टफुट्ट आएका प्रदर्शनकारीलाई भने हप्काएर पनि पठाए। पछि बाइमा आउने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनका अनुसार विभागमा ठूलो आक्रमण भने दिनभरीमा तीनपटक भएको थियो। पहिलोपटक साँचो फुटालियो। दोस्रोपटक सातआठ जना आएका थिए, सम्झाएर पठाए। तेस्रोपटकको आक्रमणअघि ब्यारिकेट राखेर पोस्टर बोकेर बसिसकेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

I really appreciate. Thank you so much brother.
Hari Shrestha
2 months ago
I really appreciate. Thank you so much brother.
Hari Shrestha
2 months ago