त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

उडानका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडानको समयबारे जानकारी लिएर मात्रै विमानस्थल पुग्न प्राधिकरणले आग्रह गरेको छ।

काठमाडाैँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ। विमानस्थल सुरक्षा समितिको आज बसेको बैठकले मंगलबारदेखि बन्द गरिएका हवाई उडानहरू सुचारु गर्ने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले सूचना जारी गर्दै उडानका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडानको समयबारे जानकारी लिएर मात्रै विमानस्थल पुग्न पनि आग्रह गरेको छ। यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत प्राधिकरणको सूचनामा उल्लेख छ।

यसैबीच, बुद्ध एअरले भने भोलि (बिहीबार) बिहानबाट मात्रै आफ्ना उडान सञ्चालन हुने जानकारी गराएको छ। टिकट बुकिङका लागि वेबसाइट, मोबाइल एप तथा अन्य पोर्टलबाट सजिलै गर्न सकिने जनाएको छ।