चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालको पछिल्लो अवस्थाबारे चीनको धारणा जान्न चाहे। के भन्यो चीनले?
काठमाडाैँ– चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालको पछिल्लो अवस्थाबारे चीनको धारणा मागेका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानको नियमित पत्रकार सम्मेलनमा आज विभिन्न अन्तर्राष्ट्रिय मिडियाका पत्रकारले नेपालको वर्तमान अवस्थाबारे चीनको धारणा के छ भनेर प्रश्न सोधेका थिए। ती प्रश्नको जवाफमा प्रवक्ता लिनले नेपाल र चीन नजिकका छिमेकी रहेको भन्दै शान्तिको कामना गरेको बताए।
उक्त पत्रकार सम्मेलनका प्रश्नोत्तर मन्त्रालयको वेबसाइटमा राखिएको छ। युनिभर्स अनलाइन (यूओएल)का पत्रकारले लिनलाई थाइल्यान्ड, इन्डोनेसिया र अहिले नेपालमा सामाजिक सञ्जालबाट शुरू भएका हिंसात्मक प्रदर्शनहरूको बारेमा चीनको धारणा के छ भनेर सोधेका थिए।
उक्त प्रश्नको जवाफ दिँदै लिन जियानले आफ्ना छिमेकी देशहरूले स्थिरता र विकास कायम राखून् भन्ने चीनको चाहना रहेको बताए।
सीसीटीभीका पत्रकारले पनि हालसालै नेपालमा विरोध प्रदर्शन भएको र देशमा केही राजनीतिक घटनाक्रमबारे चीनको टिप्पणी के छ भनेर सोधेका थिए। त्यसको जवाफमा लिनले भने, "चीन र नेपाल एकअर्काको परम्परागत मित्र र नजिकका छिमेकी हुन्। चीनले आशा गर्दछ कि नेपालका विभिन्न क्षेत्रहरूले घरेलु मुद्दाहरूलाई उचित रूपमा सम्बोधन गर्नेछन् र चाँडै सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता पुनर्स्थापित गर्नेछन्।"
साथै उनले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षाको लागि सावधानी अपनाउन सल्लाह दिएको पनि बताए। हालसम्म कुनै चिनियाँ नागरिक हताहतको रिपोर्ट नआएको पनि जानकारी गराए।
यस्तै, एएफपीका पत्रकारले नेपालको अवस्था र त्यहाँ रहेका नेपालीलाई फिर्ता बोलाउन केही योजना बनाइएको छ कि भनेर पनि प्रश्न गरे। त्यसको जवाफमा लिले नेपालमा चिनियाँ नागरिक सुरक्षित रहेको प्रष्ट पारे।
"नेपालमा प्रदर्शनहरू शुरू भएपछि, चिनियाँ विदेश मन्त्रालय र नेपालस्थित दूतावासले तुरुन्तै कन्सुलर आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गर्यो र नेपाललाई चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षालाई प्रभावकारी रूपमा सुरक्षित गर्न भन्यो," उनले भने, "सुरक्षा सावधानी र आपतकालीन आश्रयको लागि निर्देशनहरू प्रदान गर्न र आवश्यक परेकाहरूलाई सक्रिय रूपमा सहयोग गर्न दूतावास त्यहाँका चिनियाँ नागरिक र संस्थाहरूसँग नजिकको सम्पर्कमा छ।"
साथै उनले नेपालमा रहेका चिनियाँहरूलाई नेपालको सुरक्षा अवस्थालाई नजिकबाट नियाल्दै उच्च सतर्कतामा रहन र आपतकालीन अवस्थाको लागि तयारी हुन सचेत गराइसकेको जानकारी दिए। त्यसका लागि नेपालस्थित चिनियाँ दूतावाससँग निरन्तर सम्पर्कमा रहेको पनि उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
