विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूले आफ्नो संस्थाको परिचयपत्र देखाएर काममा आउनजान सक्नेछन्। हवाई उडानका यात्रुहरूले पनि टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।
काठमाडाैँ– नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्युको अवधि बढाएको छ।
सेनाले केहीबेरअघि सूचना जारी गर्दै भोलि (बिहीबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुने बताएको छ। यस्तै, बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको सेनाले जनाएको छ।
सेनाका अनुसार पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै कर्फ्यु आदेश जारी गरिएको हो। अत्यावश्यक सेवा (एम्बुलेन्स, शववाहन, दमकल, खानेपानी, सञ्चारकर्मी आदि) का सवारी साधनलाई भने निषेधाज्ञा र कर्फ्यु दुवै समयमा चल्न दिने सेनाले जनाएको छ।
विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूले आफ्नो संस्थाको परिचयपत्र देखाएर काममा जान आउन सक्नेछन्। हवाई उडानका यात्रुहरूले पनि टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
