त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० सम्म बन्द

मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० सम्म बन्द हुने भएको छ।  

त्रिवि रजिस्ट्रारको कार्यालयले बिहीबार सूचना जारी गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको जनाएको छ। 

सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कात्तिक ९ गतेका हुने भनिएको पठनपाठन नहुने उल्लेख छ।

नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने त्रिविले जनाएको छ। 

null