रामेछाप कारागारमा गोली चल्दा २ जना कैदीबन्दीको मृत्यु, राजविराज कारागारबाट भागेका १९२ जना सेनाको नियन्त्रणमा

रामेछाप कारागारमा कैदीबन्दीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सेनाले गोली चलाएको थियो। गोली लागेर १२ जना कैदीबन्दी घाइते भएका छन्।

रामेछाप कारागारमा गोली चल्दा २ जना कैदीबन्दीको मृत्यु,  राजविराज कारागारबाट भागेका १९२ जना सेनाको नियन्त्रणमा
फाइल तस्वीर

काठमाडौँ– रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीबन्दीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ।

कैदीबन्दीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सेनाले गोली चलाएको थियो। गोली लागेर १२ जना कैदीबन्दी घाइते भएका छन्। घाइतेमध्ये एक जना गम्भीर छन्। उनीहरूको रामेछाप अस्पतालमा उपचार भइरहको छ। कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदीबन्दी थिए।

उता, सप्तरीस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ। एक जनालाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएका छन्। १२ जना आफै कारागारमा हाजिर भएका छन्। 

काभ्रेपलान्चोकको बनेपा-९ स्थित नयाँबस्तीमा फेला परेको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ।