नेकपा (एमाले)ले संविधानको मर्मअनुरूप सार्थक संवाद शुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पाैडेललाई आग्रह गरेको छ।
काठमाडाैँ– नेकपा (एमाले)ले संविधानको मर्मअनुरूप सार्थक संवाद शुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पाैडेललाई आग्रह गरेको छ।
पार्टी सचिवालयको तर्फबाट महासचिव शंकर पोखरेलेले बिहीबार जारी गरेको ८ बुँदे वक्तव्यमा प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिइएको छ। र त्यसमा युवा पुस्ताका सरोकारहरूलाई संवोधन गरिनुपर्ने उल्लेख छ।
"सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई संवोधन गरिनुपर्छ। यसका लागि संविधानको मर्मअनुरूप सार्थक संवाद शुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ," वक्तव्यमा भनिएको छ।
यस्तो विषय परिस्थितिमा संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ-आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्न पनि नेकपा एमालेले आग्रह गरेको छ। साथै, संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न सबै राजनीतिक दलहरूलाई एकजुट हुनका लागि आह्वान समेत गरेको छ।
यस्तो छ पार्टीको वक्तव्य:



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
