राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई संयम अपनाउँदै शान्ति सुव्यवस्था कायम राख्ने काममा सहयोग गर्न अपिलसमेत गरेका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम राजनीतिक परिस्थितिलाई निकास दिन आफू निरन्तर विचार–विमर्शमा रहेको बताएका छन्।
राष्ट्रपति पौडेलका तर्फबाट बिहीबार जारी भएको सन्देशमा संवैधानिक दायराभित्र रहेर कसरी लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ भनेर विमर्शमा रहेको उल्लेख गरेका छन्।
“देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार–विमर्श एवं हर प्रयास गर्दै छु,” सन्देशमा भनिएको छ।
साथै, आन्दोलनरत नागरिकका माग सम्बोधन गरी समस्याको शीघ्र समाधान खोज्न पहल भइरहेको उल्लेख छ। राष्ट्रपति पौडेलले सबै पक्षलाई संयम अपनाउँदै शान्ति सुव्यवस्था कायम राख्ने काममा सहयोग गर्न अपिलसमेत गरेका छन्।
भदौ २३ देखि २५ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा ठूलो धनजनको क्षति भएको छ। यसक्रममा राष्ट्रपतिनिवास शीतलनिवासमा पनि आगजनी हुँदा राष्ट्रपति पौडेललाई सुरक्षित स्थानमा लगिएको थियो।
आन्दोलनकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। केही दिनदेखि अन्तरिम सरकार गठनको विषयमा छलफल जारी छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
