भदौ २४ गते सर्वोच्च अदालतलगायत देशभरका अन्य अदालतमा आगजनी, ढुंगामुढा र लुटपाट भएको थियो। यसबाट अदालतका महत्त्वपूर्ण दस्ताबेज, उपकरण र भौतिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले आइतबार (भदौ २९) देखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता र सुनुवाइ शुरू गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतद्वारा जारी विज्ञप्तिअनुसार, बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरण सुनुवाइ थाल्ने निर्णय गरेको हो।
अदालतले ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको घोर निन्दा गर्दै अदालतमा भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ। भदौ २४ गते सर्वोच्च अदालतलगायत देशभरका अन्य अदालतमा आगजनी, ढुंगामुढा र लुटपाट भएको थियो। यसबाट अदालतका महत्त्वपूर्ण दस्ताबेज, उपकरण र भौतिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ।
विज्ञप्तिमा, अदालतले नागरिकको आस्थाको केन्द्रमा भएको यस्तो आक्रमणले न्यायिक इतिहासका धेरै महत्त्वपूर्ण दस्ताबेज नष्ट भएको जनाएको छ।
यस्तो असहज परिस्थितिमा पनि न्यायको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै अदालतले जनताको सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति सुनिश्चित गर्ने बताएको छ। अदालतले जलेर जोगिएका मिसिल कागजात तथा भौतिक सामग्रीको संरक्षणमा खटिएका न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारण नागरिकप्रति धन्यवाद ज्ञापन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
