नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ।
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले निर्बाध रूपमा पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आग्रह गरेको छ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै महासंघले देशको समुन्नतिका लागि युवा पुस्तासँग समन्वय एवं सहकार्य गर्न तयार रहेको जनाएको हो।
नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ।
आन्दोलनका क्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा समेत तोडफोड र आगजनीका घटना भएका छन्। यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघले भर्त्सना गरेको छ।
महासंघले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि पनि ध्यानाकर्षण गराएको छ। उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर अर्बौं रुपैयाँ बराबरको क्षति भएको महासंघको भनाइ छ। “यसबारे महासंघले थप विवरण संकलन गरिरहेको छ। क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ,” महासंघले विज्ञप्तिमार्फत भनेको छ।
निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्ने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
