‘जेनजी’ आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी चौकी र प्रभागहरूको पुनर्स्थापना र सरसफाइमा स्थानीय समुदायले अग्रसरता देखाएका छन्।
काठमाडौँ– ‘जेनजी’ आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी चौकी र प्रभागहरूको पुनर्स्थापना र सरसफाइमा स्थानीय समुदायले अग्रसरता देखाएका छन्।
यसै क्रममा, कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई सफा गर्न स्थानीय क्लब, वडा, प्रहरी र काठमाडौँ महानगरपालिकाको एक संयुक्त टोली परिचालन भएको छ।
कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्यप्रसाद पौडेल अनुसार, आन्दोलनका क्रममा भएको आगजनीबाट प्रभागमा क्षति पुगेको थियो। अहिले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए।
“हामीले सवारी आवागमन व्यवस्थापनका लागि काम गर्नुपर्छ, तर स्थानीयहरूले नै सरसफाइमा अग्रसरता देखाउनुभएको छ,” पौडेलले भने, “यसले सकारात्मक सन्देश जान्छ भन्ने लागेको छ।”
यस्तै, स्थानीय सुनिल केसीले आन्दोलनमा नहुनुपर्ने कामहरू पनि भएको भन्दै अब यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए।
उनका अनुसार, प्रहरी कार्यालयलाई सुचारु गरेर जनतालाई सेवा सुविधा दिनको लागि सफाइ गर्नुपर्ने भन्दै स्थानीय, प्रहरी, काठमाडौँ महानगरपालिका सबै मिलेर सफाइको अभियान शुरू गरेको बताए।
“प्रहरी कार्यालयलाई सुचारु गरेर जनतालाई सेवा सुविधा कसरी दिन सकिन्छ भन्ने उद्देश्यका साथ सबै लागेका हौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
