‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास फैलाउने गतिविधिहरूसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका अप्रिय घटना, आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास फैलाउने गतिविधिहरूसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन आग्रह गरेको छ।
प्रहरीले एक सूचना जारी गर्दै ती घटनाहरूसँग सम्बन्धित तस्वीर, भिडियो वा सामाजिक सञ्जालका लिंकहरू भए nepalpoliceinfo@gmail.com मा पठाएर अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरीले सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा कायम राखिने प्रतिबद्धता पनि जनाएको छ।
आन्दोलनका क्रममा सरकारी संरचना, व्यापारिक प्रतिष्ठान, प्रहरीचौकी, राजनीतिक दलका कार्यालय, नेताका आवासमा आगजनी भएको थियो। आगजनीबाट सिंहदरबार, बानेश्वरस्थित संसद् भवन, सर्वोच्च अदालतलगायत कैयन् संरचनामा क्षति पुगेको छ। भाटभटनी सुपरमार्केटलगायतका व्यापारिक प्रतिष्ठानहरूमा लुटपाटसमेत भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
