धरानमा जलाइएको भाटभटेनीमा चार जनाको शव भेटियो, प्रहरी भन्छ– लुटपाटमा संलग्नहरू हुनसक्छन्

धरानस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनीमा चार जनाको जलेको अवस्थामा शव भेटिएको छ।

काठमाडौँ– भदौ २४ गते धरानस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनीमा चार जनाको जलेको अवस्थामा शव भेटिएको छ।

सुनसरीका डीएसपी प्रकाश जगेबुले शुक्रबार बिहान चारवटै शव पूर्ण रूपमा जलेर खरानी भएको अवस्थामा फेला परेको जानकारी दिए। प्रहरीले उनीहरू लुटपाटमा संलग्न भएको हुनसक्ने अनुमान गरेको छ।

जलेर मृत्यु भएकाहरूको शरीरका केही अंगहरू मात्र बाँकी रहेकाले उनीहरूको पहिचान यकिन हुन सकेको छैन। प्रहरीले बाँकी रहेको अस्तु संकलन गरी डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने जनाएको छ।