त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ।
काठमाडौँ– त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ। जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ।
विभागका प्रमुख डा. गोपाल चौधरीले हालसम्म नौ जनाको आफन्तको पत्र आएको बताए। जसमा तीन जनाको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको उनले बताए। उनले हाल तीन जना प्रहरी र ३३ जना प्रदर्शनकारीको शव परीक्षणका लागि अस्पताल ल्याइएको जानकारी गराए।
“महिला दुई जना र बाँकी पुरुषको शव रहेको छ। शव परीक्षणका लागि भदौ २३ गते नै शव आइपुगे पनि प्रहरीको पत्र आउन ढिलाइ भएकाले शव परीक्षण ढिलो हुन पुगिरहेको छ। पत्रविना हामीले शव परीक्षण शुरू गर्न मिल्दैन। प्रक्रिया पूरा गरेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ,” उनले भने।
डा. चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डीएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिंगरप्रिन्टबाट शव परीक्षण गरिने बताए।
विभागमा हाल छ चिकित्सक र तीन सहयोगीसहित नौ जनाको टिमले सो फरेन्सिक प्रक्रिया हेरिरहेको छ। पाटन अस्पतालमा शवको परीक्षण भइरहेको छ।
जेनजी प्रदर्शनमा नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म ५१ जनाको मृत्यु भइसकेको जनाएको छ। जसमा तीन जना प्रहरी, २१ जना आन्दोलनकारी, १८ जना अन्य र नौ जना कैदीबन्दी रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
