हट्यो कर्फ्यु र निषेधाज्ञा: देशभरको जनजीवन सामान्य बन्दै

नयाँ सरकार गठन र कर्फ्यु हटेसँगै नागरिकको जनजीवन सामान्य बन्दै गएको छ। सर्वसाधारण आफ्नो नियमित दैनिकीमा फर्किएका भएका छन्।

काठमाडौँ– जेनजी पुस्ताको आन्दोलनपछि देशभर लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेको छ।

नयाँ सरकार गठन र कर्फ्यु हटेसँगै नागरिकको जनजीवन सामान्य बन्दै गएको छ। सर्वसाधारण आफ्नो नियमित दैनिकीमा फर्किएका भएका छन्। 

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा शुक्रबार नयाँ सरकार गठन भएको थियो। 

नागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानूनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ। निर्वाचनको मिति फागुन २१ लाई तय गरिएको छ।