'जेनजी' आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई सम्बन्धित कारागारमा फर्किन र नियन्त्रणमा लिएका प्रहरीका हतियार र पोसाक पनि फिर्ता गर्न मानव अधिकार आयोगले आग्रह गरेको छ।
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले हालैको 'जेनजी' आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई तत्काल सम्बन्धित कारागारमा फर्किन आग्रह गरेको छ। आयोगले उनीहरूले नियन्त्रणमा लिएका प्रहरीका हतियार र पोसाक पनि फिर्ता गर्न भनेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, "कैदीबन्दीहरू कारागारबाट भाग्दा अपराध पीडितको अधिकार हनन हुने भएकाले उनीहरूलाई कारागार प्रशासनको सम्पर्कमा आउन आग्रह गरिएको छ।"
आयोगका अनुसार, कारागार र बाल सुधारगृहबाट कैदी तथा बालबन्दीहरू भागेपछि समाजमा त्रास र असुरक्षाको वातावरण सिर्जना भएको जानकारी प्राप्त भएको छ। यसले विशेषगरी महिला, बालबालिका र अपराध पीडितका परिवारमा मनोवैज्ञानिक असर पारेको आयोगले जनाएको छ।
आयोगले सुरक्षाकर्मीका हतियार दुरुपयोग भई थप हिंसात्मक गतिविधि हुन सक्ने जोखिम पनि औँल्याएको छ। सुरक्षा निकायको हतियार र पोसाकको दुरुपयोग गर्नु गैरकानूनी कार्य भएकोले यसलाई रोक्न सहयोग गर्नु जिम्मेवार नागरिकको कर्तव्य भएको आयोगको भनाइ छ।
आयोगले सबैलाई भागेका कैदीबन्दी वा बालबन्दीबारे जानकारी भएमा तत्काल नजिकको प्रहरी प्रशासनमा खबर गरी सहयोग गर्न पनि अपिल गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
