आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानूनबमोजिम हुनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ– विघटित प्रतिनिधिसिभामा प्रतिनिधित्व गरेका आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानूनबमोजिम हुनुपर्नेमा जोड दिएका छन्।
शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती दलले सबै निकाय संविधान र कानूनअनुसार सञ्चालन हुनुपर्ने बताएका हुन्।
संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदम अस्वीकार्य हुने बताउँदै आठ दलले प्रतिनिधिसभा विघटन गरिएकामा असहमति जनाएका छन्।
संवैधानिक सर्वोच्चता कायम हुनुपर्नेमा जोड दिँदै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले हस्ताक्षर जारी गरेको विज्ञप्तिमा संसद् विघटनको निर्णय सच्च्याउन माग गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
