राष्ट्रपति रामचन्द्र पौडेलले देशको जटिल परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले देशको जटिल परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन्। राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी यस्तो अपिल गरेका हुन्।
वक्तव्यमा ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हालिँदै’ आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरिएको छ। राष्ट्रपति पौडेलले वक्तव्यमा देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्नपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको उल्लेख गरेका छन्।
“संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ” वक्तव्यमा भनिएको छ, “छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।”
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि अन्तरिम सरकार प्रमुखका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएकी छन्। उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। लगत्तै प्रधानमन्त्रीको शपथ ग्रहणलगत्तै कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
