देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।

देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति, देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

कोशी, मधेश, लुम्बिनी र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।