बँदेलले मकैलगायत बाली सखाप परिदिएपछि ताप्लेजुङ सिदिङवा गाउपालिका–१ कालिखोलाका किसान चिन्तित भएका छन्। पहिले भालुले दुःख दिने गरेकामा पछिल्लो समय बँदेलले दु:ख दिन थालेको छ।
फुङ्लिङ– सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन्। पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मिहिनेत संकटमा परेको छ।
स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुबाट पीडित हुने गरेका छन्। “पहिले भालुले दुःख दिने गर्थ्यो, अहिले बँदेलको आक्रमण बढेको छ,” उनले भने। उनका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ।
मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन्। “एउटा माउ र दुई बच्चासहित तीनवटा बँदेल हरेक रात आउँछन्। मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु,” उनले भने। बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्याउने गरेको छ।
निरन्तर क्षतिका कारण केही किसान बासाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन्। तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायबाट कुनै ठोस पहल भएको छैन।
सिदिङवा गाउँपालिकाका उपाध्यक्ष विष्णुकुमारी कडरियाले पीडितलाई सहुलियत दिने आश्वासन दिएकी छन्। डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भए राहत दिने व्यवस्था छ। तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार नरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
