काठमाडौँको बौद्धस्थित भाटभटेनीमा ६ शव फेला

सरसफाइ गर्ने क्रममा जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।

काठमाडौँ– काठमाडौँको बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ। 

काठमाडौँ महानगरपालिका– ७ मा रहेको उक्त सुपर स्टोरमा मंगलबार प्रदर्शनकारीले लुटपाट र आगजनी गरेका थिए। शनिबार सरसफाइ गर्ने क्रममा जलेको अवस्थामा ६ वटा कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए। 

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। यसअघि शुक्रबार धरानको भाटभटेनी सुपर स्टोरमा पनि चार जनाको शव भेटिएको थियो। 

पोखरा एक र ललितपुरको सुनाकोठीमा माओवादी नेता गंगा दाहालको घरमा पनि जलेको अवस्थामा एक जनाको शव भेटिएको थियो।