प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले त्यसै दिन शपथ लिएर संसद् विघटन गरेकी थिइन्।

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकी छन्।  

उनले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेकी हुन्। त्यसअघि कार्कीले लैनचौरस्थित शहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले त्यसै दिन शपथ लिएर संसद् विघटन गरेकी थिइन्।

शपथलगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर नष्ट भएपछि अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गरिएको छ।